जिल्ला न्यूज । कास्कीको पाेखरा महानगरपालिका स्थित अमरसिंहचाेकमा बसकाे ठक्करबाट बिजुलीकाे पाेलमा क्षति पुगेकाे छ ।
नेपाल विद्युत प्राधिकरण पाेखरा वितरण केन्द्रका अनुसार पाेलकाे मर्मत कार्य नभइन्जेल शनिबार आज दिउसाे ४ बजेसम्म विभन्न ठाँउहरुमा सेवा अवरुद्ध हुने भएकाे छ ।
अमरसिंह चोकमा बसको ठक्करबाट पोलमा क्षति पुगेको हुँदा बैदाम फिडर अन्तर्गत अमरसिंह चोक, रामघाट र फेवा फिडर अन्तर्गत आँखा हस्पिटल लगायतका स्थानमा मर्मत कार्य सम्पन्न नहुन्जेल लाइन अवरुद्ध हुन लागेकाे हाे ।
मर्मत कार्य सम्पन्न नहुन्जेल करिब बेलुका ४ बजेसम्म धैर्य गरिदिन हुन केन्द्रले उपभाेक्तासँग अनुरोध गरेकाे छ ।