• Kaski jilla news
Saturday, February 4, 2023
  • Login
Jilla News Kaski
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
English
TV
जिल्ला न्यूज
No Result
View All Result
Jilla News Kaski
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
English
TV
जिल्ला न्यूज
No Result
View All Result
Jilla News Kaski
ENG TV
जिल्ला न्यूज

खुसी किन्न बिदेसिन बाध्य नेपालीको कथा ‘बस है पियारी’ (भिडियोसहित)

जिल्ला न्यूजbyजिल्ला न्यूज
अशोज २९, २०७८
A A
Reading Time: 1 min read

जिल्ला   न्यूज । खुशी किनेर पाईन्छ ? शायद पाईदैन । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ ।

नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौदेखि विदेशिएका नेपालीहरु दशैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।

साहुको ऋण, आफ्नो अनि बालबच्चाको भविष्यको चिन्ता गर्दै घरको मुल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनि आफ्नै खाले पीडा हुन्छ । तथ्यांकले भन्छ–‘वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी ५ लाख भन्दा बढि युवाहरु विदेशिन्छन् ।’ वैदेशिक रोजगार विभागको अनुसार त्यस्तो कुनै पनि दिन छैन, जुन दिन नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि बिदेशिएका नहोउन् । दैनिक कम्तीमा १५ देखि बढिमा २५ सय जनासम्म नेपाली युवाहरु विदेश जाने गरेका छन् ।

तथ्यांकले यो पनि देखाउँछ कि वर्षेनी ८ सय भन्दा बढि नेपाली युवाहरुको लाश विमानस्थलबाटै नेपाल फर्कन्छ । हालसम्म विदेशिने नेपाली युवाहरुको संख्या ७० लाखको आसपास छ ।

यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाश दाहालले गीत कोरे–‘बस है पियारी, घरबारै स्याहारी’ । गायक तथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीत गाए । सोही गीतमाथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफि धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।

वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो मंगलबार जक्शन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ । फुलपातीको साइत पारेर पोखरामा मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोलाई गतिलो प्रतिक्रिया मिलेको छ । मंगलबार मिडियाकर्मीमाझ गरिएको प्रिमियरमा सहभागीले गीत र भिडियोलाई रुचाए । ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथा बोल्छ । अडियो मेकिङका हिसाबले पनि गीत उत्कृष्ट छ ।’ गीतमाथि आफ्नो धारणा राख्दै गायक तथा संगीतकार बिनोद बाँनियाले भने–‘गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’

त्यस्तै कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेशन’ भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । ‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीत अनि भिडियोको मेकिङ लेभल पनि उत्कृष्ट छ ।’ गुरुङले भने–‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’

जक्शन म्यूजिक लञ्च

पोखराको संगीत क्षेत्रलाई व्यवसायिक बनाउँदै यहाँका संगीतकर्मीहरुलाई कलाको उचित मूल्य दिने उद्देश्यसहित नयाँ म्यूजिक कम्पनी शुरु भएको छ । जक्शन ग्रुप प्रालिले ‘जक्शन म्यूजिक’ नामक युट्युब च्यानलको लञ्च गर्दै यसको जानकारी दिएको हो ।

संगीतको उर्वर भुमी मानिने पोखरामा थुप्रै संगीतकर्मीहरुले कर्म गरेपनि व्यवसायिक हुन भने नसकेको आरोप लाग्ने गरेको छ । ‘पोखराबाटै बन्ने थुपै्र गीत र भिडियोहरु सार्वजनिक गर्ने व्यवसायिक प्लेटफर्मको अभाव हुँदा यहाँका संगीतकर्मीहरुले काठमाण्डौको प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई केही कम गर्न भएपनि हामीले प्रयास गरेका हौँ ।’ जक्शन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले शुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’

जक्शन ग्रुप प्रालिले हाल जक्शन डटकम संचालन गर्दै आएको छ । ‘न्यूज, इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ थिममा संचालित कम्पनीले इन्टरटेनमेन्ट सेक्सन अन्तरगत ‘जक्शन म्यूजिक’ लञ्च गरेको हो ।

Related Posts

No Content Available

जिल्ला सिफारिस

पाेखरा महानगर प्रमुखसँग एमाले महासचिवकाे भेट

पाेखरा महानगर प्रमुखसँग एमाले महासचिवकाे भेट

कार्तिक २, २०७८
कास्कीमा कारकाे ठक्करबाट  पैदलयात्रीकाे मृत्यु

कास्कीमा कारकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

कार्तिक १, २०७८
कास्कीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अशोज ३१, २०७८
पोखराका विभन्न ठाँउहरुमा दिउसाे ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

पोखराका विभन्न ठाँउहरुमा दिउसाे ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

अशोज ३०, २०७८
खुसी किन्न बिदेसिन बाध्य नेपालीको कथा ‘बस है पियारी’ (भिडियोसहित)

खुसी किन्न बिदेसिन बाध्य नेपालीको कथा ‘बस है पियारी’ (भिडियोसहित)

अशोज २९, २०७८
दशैंको अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना

दशैंको अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना

अशोज २६, २०७८

जिल्ला न्यूज नेटवर्क
प्रधान कार्यालय : पोखरा, नेपाल
जिल्ला कार्यालय : पोखरा – ०८, नेपाल
सूचना तथा प्रसारण विभाग दर्ता : —-/ २०७६-०७७
Email: newsjilla@gmail.com
Tel : ०६१-४६४९७९

जिल्ला न्यूज
‘जिल्ला न्यूज डट कम’ जिल्ला न्यूज नेटवर्कद्वारा संचालित अनलाइन न्यूज पोर्टल हो । यस न्यूज पोर्टलले जिल्ला भित्रका विविध गतिविधिमा केन्द्रित हुँदै ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्तालाइ सम्प्रेषण गर्नेछ ।
जिल्ला निर्देशक : श्री…
जिल्ला व्यूरो : श्री….
जिल्ला संवाददाता : श्री…..

जिल्ला न्यूज लिंक
कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, नवलपुर , भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सप्तरी, सर्लाही, सिराहा, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, परासी , पाल्पा, प्यूठान, रोल्पा, रुकुम, रुपन्देही, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, कालिकोट, मुगु, रुकुम, सल्यान, सुर्खेत, अछाम, बैतडी, बझाङ, बाझुरा, डडेलधुरा, दार्चुला, डोटी, कैलाली, कन्चनपुर

© Jilla News 2021                                

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन

© 2021 JillaNews by Jilla News Network.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In