• Dhading jilla news
Saturday, February 4, 2023
  • Login
Jilla News Kaski
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
Eng
TV
जिल्ला न्यूज
No Result
View All Result
Jilla News dhading
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
Eng
TV
जिल्ला न्यूज
No Result
View All Result
Jilla News Kaski
ENG TV
जिल्ला न्यूज

विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट जारी गरिने

जिल्ला न्यूजbyजिल्ला न्यूज
माघ २४, २०७८
विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट जारी गरिने
A A

जिल्ला न्यूज । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ ।

विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरुले बन्द गरेका थिए ।

‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने हाम्रो योजना छ,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले न्युज कारखानासँग भने, ‘ई–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सामाग्री नियोगहरुमा पठाउन थालेका छौं ।’

एमआरपी बन्द गरी विभागले गत मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो । सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको थियो ।

यसअघि विभागले ७७ जिल्ला र विदेशस्थित सबै नेपाली नियोगबाट एमआरपी जारी गर्दै आएको थियो । ई–पासपोर्ट जारी भएपछि नियोगबाट नयाँ पासपोर्ट जारी नहुँदा विदेशमा रहेका हजारौं नेपाली अप्ठेरोमा परेका थिए ।

‘पासपोर्टका कारण नेपालीलाई अप्ठेरो नपरोस् भनेर सबैभन्दा पहिले धेरै नेपाली रहेका देशस्थित नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने तयारी हाम्रो छ,’ महानिर्देशक अर्यालले भने ।
हाल नेपालको ३० देशमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महाबाणिज्य दूतावास रहेका छन् ।
विभागले ई–पासपोर्ट जारी गर्न सबैभन्दा बढी प्राथमिकता खाडी राष्ट्रमा रहेका नेपाली नियोगलाई दिएको छ ।

आइतबार कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट इ–पासपोर्ट सफलतापूर्वक छापिएको थियो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो इ–पासपोर्ट हो । सफल परिक्षण भएसँगै इ–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ ।

‘खाडी राष्ट्रमा रहेका नेपाली नियोगबाट इ–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सम्पूर्ण सामाग्री यहाँबाट पठाइसकेका छौं । सामाग्री यही जडान गरेर पठाएका छौं,’ महानिर्देशक अर्यालले भने ।

आज (सोमबार)बाट साउदी अरबको जेद्दास्थित नेपाली महाबाणिज्य दूतावासबाट इ–पासपोर्ट जारी गर्ने उनले जनाए । युनाइटेड अरब इमिरेट्सस्थित नेपाली दूतावासबाट मंगलबारबाट इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको उनले बताए ।

मलेसियास्थित नेपाली दूतावासबाट छिट्टै ई–पासपोर्ट जारी गरिने तयारी भइरहेको छ । आवश्यक पर्ने सबै सामाग्री मलेसियास्थित दूतावास पुगीसकेको महानिर्देशक अर्यालले बताए ।

नेपाल भित्र अहिले ४२ वटा जिल्लाबाट ई–पासपोर्ट जारी गर्न सुरु गरिएको छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप लगायतका जिल्लाबाट अहिले ई–पासपोर्ट जारी भइरहेको छ ।

अहिले विभागमा ई–पासपोर्टको लागि दैनिक ११ देखि १२ सयसम्मको आवेदन पर्ने गरेको महानिर्देशक अर्यालले जानकारी दिए । जिल्ला र विभागमा गरी दैनिक दुई हजारसम्म आवेदन पर्ने गरेको छ । विभागबाट ई–पासपोर्ट बनेर जिल्ला जान एक देखि डेढ हप्ता लाग्ने गरेको उनले जनाए ।

Related Posts

आजभन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना

आजभन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना

माघ २५, २०७८
निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा

माघ २५, २०७८
३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

माघ २४, २०७८
भारतीय मिडियामा नेपाली अभिनेत्री सुष्माको ग्ल्यामर चर्चा

भारतीय मिडियामा नेपाली अभिनेत्री सुष्माको ग्ल्यामर चर्चा

माघ २४, २०७८
नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

माघ २४, २०७८
बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै

माघ २४, २०७८
सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन

सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन

माघ २४, २०७८
विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

माघ २४, २०७८

जिल्ला सिफारिस

जिल्ला न्यूज नेटवर्क
प्रधान कार्यालय : पोखरा, नेपाल
जिल्ला कार्यालय : पोखरा – ०८, नेपाल
सूचना तथा प्रसारण विभाग दर्ता : —-/ २०७६-०७७
Email: newsjilla@gmail.com
Tel : ०६१-४६४९७९

जिल्ला न्यूज
‘जिल्ला न्यूज डट कम’ जिल्ला न्यूज नेटवर्कद्वारा संचालित अनलाइन न्यूज पोर्टल हो । यस न्यूज पोर्टलले जिल्ला भित्रका विविध गतिविधिमा केन्द्रित हुँदै ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्तालाइ सम्प्रेषण गर्नेछ ।
जिल्ला निर्देशक : श्री…
जिल्ला व्यूरो : श्री….
जिल्ला संवाददाता : श्री…..

जिल्ला न्यूज लिंक
कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, नवलपुर , भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सप्तरी, सर्लाही, सिराहा, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, परासी , पाल्पा, प्यूठान, रोल्पा, रुकुम, रुपन्देही, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, कालिकोट, मुगु, रुकुम, सल्यान, सुर्खेत, अछाम, बैतडी, बझाङ, बाझुरा, डडेलधुरा, दार्चुला, डोटी, कैलाली, कन्चनपुर

© Jilla News 2021                                

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन

© 2021 JillaNews by Jilla News Network.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In